बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस नेता विजयराज घिमिरेको निधन, देउवाद्वारा दुःख व्यक्त

शुक्रबार, ३१ भदौ २०७९, ०९ : ०७
शुक्रबार, ३१ भदौ २०७९

नेपाली कांग्रेस केन्द्रीय लेखा समितिका पूर्व सदस्य एवं पाल्पाका पूर्व महासमिति सदस्य विजयराज घिमिरेको निधन भएको छ । बिहीबार राति ८:१५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । 

स्वर्गीय घिमिरे २०५६ र २०७४ को आमनिर्वाचनमा पाल्पा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा पार्टीको तर्फबाट उम्मेदवार रहेका थिए । वि.सं. २०२५ सालमा जन्मिएका स्वर्गीय घिमिरेले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए । 

उनको आजै अपरान्ह १ बजे पशुपति आर्यघाट दाहसंस्कार गरिने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप