महिला साफ : फाइनल प्रवेशका लागि नेपाल र भारत भिड्दै
छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा आज घरेलु टोली नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजेबाट सुरु हुनेछ । दुबै टिम आजको खेल जितेर फाइनलमा पुग्न चाहन्छन् ।
यस खेलको विजेताले फाइनलमा बंगलादेश र भुटानबीचको खेलको विजेताले खेल्ने छन् ।
यस्तो छ इतिहास
बंगलादेशमा आयोजना भएको पहिलो संस्करणको फाइनलमा नेपाल १–० ले पराजित भएको थियो । दोस्रो, तेस्रो र पाँचौं संस्करणमा क्रमशः ३–१, ६–० र ३–१ को नतिजामा हारेको थियो । चौथों साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई ३–१ को नतिजा सुम्पेको थियो ।
साबित्रा र मन्जली फर्कने सम्भावना
डेंगुको कारण टोली बाहिर रहेका स्ट्राइकर साबित्रा भन्डारी र मिडफिल्डर मन्जलीकुमारी योन्जन सेमिफाइनलमा मैदान उत्रन सक्छन् । बलियो भारतबिरुद्द नेपाल आफ्ना मुख्य खेलाडीलाई बेन्चमा राख्न चाहदैन । साबित्राले भुटानबिरुद्द ४-० को जितमा एक गोल गरेकी थिइन् । मन्जलीले साफ च्याम्पियनसिपमा कुनै खेल खेलेकी छैनन् ।
बंगलादेश र भुटान खेल्दै
साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बंगलादेश र भुटान प्रतिस्पर्धा गर्दैछन् । खेल दशरथ रंगशालामा एक वजे सुरु हुनेछ । भुटान श्रीलंकाविरुद्ध साफ च्याम्पियनसिपको इतिहासमा पहिलो जित निकाल्दै सेमिफाइनल पुगेको हो । बंगलादेश जारी प्रतियोगितामा अपराजित छ । उसले समूह ए को अन्तिम खेलमा भारतलाई ३-० ले पराजित गर्दै विजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको थियो । भुटान समूह उपविजेता बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी प्रकरणको छानविनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन
-
बालेनप्रति संकेत गर्दै ओलीले भने– सुकुम्वासीलाई हेप्ने र थर्काउने काम नगरौं
-
जापानी विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी पूरा, के–के छन् एजेण्डा ?
-
सहकारी समस्या समाधानका लागि समिति गठन, अध्यक्षमा पूर्वन्यायाधीश गौतम
-
मुक्त कमैया समाजको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीमा हुँदै
-
सहकारी प्रकरणको छानबिनमा सहयोग गर्न सांसद गीता बस्नेतलाई राप्रपाको निर्देशन