राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई विद्यालय छनोट

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि नुवाकोटका २९ विद्यालय छनोटमा परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीस्तरीय निर्णयानुसार नुवाकोटका चार विद्यालयमा चारकोठे भवन र २५ विद्यालयमा सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाका लागि छनोट भएको केन्द्रको अनुसन्धान तथा शैक्षिक गुणस्तर शाखाका निर्देशक गोविन्दराज पोखरेलले जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षको कार्यक्रममा बजेटको दायराले सम्बोधन गर्न सक्ने गरेर देशभरका तीन हजार चार सय ७५ विद्यालय यस कार्यक्रममा छानिएका छन् ।
चारकोठे भवन निर्माणका लागि छनोटमा परेका नुवाकोटको ऐंसेलुभूमे मावि किस्पाङ, सुन्दरादेवी मावि तादी, नवजीवन मावि र कालिका मावि ककनीले रु ५० लाखका दरले र सूचना प्रविधि प्रयोगशाला कार्यक्रममा छानिएका २५ विद्यालयले रु छ लाख ५० हजारका दरले बजेट प्राप्त गर्ने कार्यविधिमा भनिएको छ ।
कार्यक्रम सञ्चालन तथा कार्यान्वयनसम्बन्धी विस्तृत प्रक्रिया तयारी भइरहेको र बजेट वित्तीय हस्तान्तरण हुने क्रममा रहेको केन्द्रले जनाएको छ । यस कार्यक्रमका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत रु आठ अर्ब ८८ करोड छुट्याएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरूण कपको उपाधि घतान र अन्नपूर्णलाई
-
गण्डकीले खारेज गर्यो दुग्ध विकास बोर्ड, विज्ञान प्रविधि प्रतिष्ठान र ताल प्राधिकरण
-
उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात
-
प्रधानन्यायाधीश प्रकाशमानिसंह राउतद्वारा महादेव गुफाको अवलोकन
-
बालेनलाई शंकरको जवाफ : कार्यकारी अधिकृत किन जान मानेका छैनन भन्नेमा ध्यान पुगेन
-
१० बजे १० समाचार : जसपा र लोसपालाई अध्यादेशमा मनाउने प्रयास, कांग्रेस र एमालेमा महाधिवेशनको चर्चा