निलम्बित प्रधानन्यायाधीश जबरासँग आज पुनः बयान लिइदै
शुक्रबार, ३१ भदौ २०७९, ०६ : २८
संसदीय महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा समितिले आज पुनः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने भएको छ । बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठकमा जबरासँग सोधपुछ गर्न लागिएको हो ।
बिहीबारको बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसायीले समितिलाई जवाफ दिएका थिए । समितिले वरिष्ठ अधिवक्ताहरू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायतसँग बयान लिएको हो ।
बयानका क्रममा अधिवक्ताहरूले आफूहरुमाथि जबराले लगाएको आरोप निराधार रहेको भन्दै खण्डन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा रहेका ओलीले दिए फेसबुकमार्फत निर्देशन
-
सुनकोशीको बाढीले पक्की पुल बगायो
-
वर्षा र बाढीबाट काठमाडौँ उपत्यकामा मात्रै २१ जनाको मृत्यु
-
सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलेपछि पश्चिम तटबन्ध जोखिममा
-
सप्तकोशीको टापुमा फसेकाहरूको हेलिकप्टरबाट उद्धार गरिँदै
-
एन्फाको सिस्नेरी एकेडेमीका ६ विद्यार्थी सम्पर्कविहीन