आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

निर्वाचनअघि गाडी किन्दै प्रहरी

शुक्रबार, ३१ भदौ २०७९, ०६ : १४
शुक्रबार, ३१ भदौ २०७९

नेपाल प्रहरी, सशस्त्र प्रहरी र गृह मन्त्रालयले आगामी ४ मंसिरमा हुने ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुरक्षा व्यवस्थापनका लागि’ भन्दै गाडी किन्ने प्रक्रिया अघि बढाएका छन् । नेपाल प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन अभाव भएको बताउँदै आएको छ । निर्वाचन नजिकिँदै जाँदा प्रहरीले सुरक्षा व्यवस्थापनका लागि सवारीसाधन भाडामा लिने तयारीसमेत गरेको छ ।

नेपाल प्रहरीले देशभरका प्रहरी कार्यालयमा गरी सुरक्षा व्यवस्थापनअन्तर्गतका काममा १४ सय सवारीसाधन आवश्यक रहेको बताएको हो । तर, सरकारले आगामी निर्वाचनका लागि नेपाल प्रहरीलाई नयाँ सवारीसाधन खरिद गर्न ७५ करोड बजेटको स्रोत सुनिश्चितता दिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राइले देशभर गरी सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरीलाई १४ सय सवारीसाधन आवश्यक रहेको जानकारी दिए ।

‘प्रहरीलाई सुरक्षा व्यवस्थापनका लागि देशभर १४ सय सवारी चाहिएको छ तर ७५ करोड बजेट सुनिश्चित भएको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता राईले भने, ‘प्रतिसवारी ५० लाख नबढ्नेगरी खरिद गर्न भनिएकाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका अघि बजेटले भ्याउनेगरी सवारीसाधन खरिद गर्न प्रक्रिया अघि बढेको छ ।’यो समाचार राजधानी दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप