फेडेररद्वारा सन्यास घोषणा

टेनिस स्टार रोजर फेडेररले टेनिस खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । स्वीस टेनिस स्टार फेडेररले बिहीबार यसै महिना लण्डनमा आयोजना हुने लाभेर कपपछि टेनिसबाट सन्यास लिने घोषणा गरेका छन् ।
४१ वर्षीय फेडेरर २०२१ मा विम्बल्डन टेनिस खेलेपछि खेलेका छैनन् ।
फेरेडरले आफूले लामो समय टेनिसमा बिताएपनि अब भने खेल जीवनबाट सन्यास लिने बताएका छन् । मैले २४ वर्षमा १५ सयभन्दा बढी खेल खेलेको छु । अब मैले मेरो प्रतिस्पर्धी करियरको अन्त्य गर्ने समय हो भनेर बुझ्नुपर्छ । टेनिस म तिमीलाई माया गर्छु र तिमीलाई कहिल्यै छोड्ने छैन ।,’ उनले लेखेका छन् ।
२० पटकको ग्रान्डस्लाम च्याम्पियन फेडेररले पछिल्लो समय घुँडाको चोटका कारण धेरै खेल खेलका थिएनन् । फेडेरर सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडीको सूचीको तेस्रो स्थानमा छन् । फेडेररले सन् १९९८ मा व्यवसायिक टेनिसमा १६ वर्षको उमेरममा डेब्यु गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी
-
१० बजे १० समाचार : ३७ संशोधन अस्वीकृत गर्दै सरकारको नीति तथा कार्यक्रम पारित, प्रचण्डले खोजे हर्क साम्पाङको साथ
-
नोरा फतेहीको नेपाल कार्यक्रम : दुर्गेशसँग स्टेज सेयरदेखि सम्पदा भ्रमणसम्म
-
म्याग्दी पूर्ण खोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा