शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा सडक अतिक्रमण गरेर बनाएका संरचना हटाउन आग्रह

बिहीबार, ३० भदौ २०७९, २२ : ५५
बिहीबार, ३० भदौ २०७९

रुपन्देहीमा सडक अतिक्रमण गरेर बनाएका संरचना हटाउन स्थानीय निकायले धमाधम अभियान थालेका छन् । यहाँको सियारी गाउँपालिकाले सडक अतिक्रमण गरी बनाएका संरचना, सडक पेटीमा थुपारिएका निर्माण सामाग्री हटाउन १० दिनेको समय सीमा तोकेको छ । १० दिनको अल्टिमेटम दिएर गाउँपालिकाले अव्यवस्थित संरचना हटाउन आग्रह गरेको हो ।

सियारी गाउँपालिकाका निमित्त प्रमुख प्रमुख प्रशासकीय अधिकृत सुधीर पौडेलले एक विज्ञप्ती जारी गर्दै सडकमा थुपारिएको निर्माण सामाग्री तथा सडकमा गाईवस्तु राख्ने गर्दा पालिकाको सुन्दरता बिग्रिएको भन्दै हटाउन निर्देशन दिएका छन् ।
खासगरी बेथरी–बेलवास सडक खण्डमा अनाधिकृत रुपमा निर्माण सामाग्री थुपार्ने, ट्रक ट्याक्टर पार्किङ गर्ने, पशु चौपायाहरू बाध्ने, सडकको क्षेत्राधिकार मिचि ठेला तथा टंकी राख्ने कार्यले सफा,सुन्दर र व्यवस्थित गाउँपालिका बनाउने अभियानलाई अवरोध गरेको भन्दै यसलाई हटाउन पालिकाले अनुरोध गरेको हो । 

असोज ८ गतेभित्र सडक किनाराको अवरोध नहटाए कानुन बमोजिम अगाडि बढ्ने गाउँपालिकाले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप