शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

कोभिड महामारीको अन्त्य नजिक देखिन थाल्यो : विश्व स्वास्थ्य संगठन

बिहीबार, ३० भदौ २०७९, २१ : ३६
बिहीबार, ३० भदौ २०७९

विश्वभर कोरोना भाइरसबाट हुने साप्ताहिक मृत्युको संख्या मार्च २०२० यताकै न्यून पुगेको खुलासा गर्दै विश्व स्वास्थ्य संगठनले कोभिड–१९ महामारीको अन्त्य नजिक देखिन थालेको घोषणा गर्यो ।  सन् २०२२ सेप्टेम्बर ५ मा सार्वजनिक साप्ताहिक विश्वव्यापी मृत्युको तथ्याङ्क ११,११८ थियो । विश्व स्वास्थ्य संगठनको प्रक्षेपण अनुरुप कोभिड–१९ को खोप व्यापक वितरण गरिएकाले सन् २०२१ मा १ करोड ९८ लाख मानिसको मृत्यु हुनबाट जोगिएको थियो । 

यद्यपि, कोरोना भाइरस अझै पनि ‘तीव्र विश्वव्यापी आपतकाल’ खडा गर्न सक्ने स्थितिमा रहेको संगठनले चेतावनी दिएको छ ।  सन् २०२२ को पहिलो आठ महिनामा कोभिड–१९ बाट १० लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो ।
अन्तर्राष्ट्रिय स्वास्थ्य निकायका महानिर्देशक डा. टेड्रोस गेब्रेयससले पत्रकार सम्मेलनमा भनेका थिए, ‘गत साता कोभिड–१९ बाट मृत्यु हुनेको संख्या मार्च २०२० यताकै सबैभन्दा कम रह्यो । महामारीको अन्त्य  आइसकेको त होइन तर अन्त्य देखिन थालेको छ ।’

‘जसरी म्याराथन धावकले अन्तिम रेखा देखेपछि दौड टुङ्ग्याउँदैन अझ जोडले दौडिन्छ । भए भरको सबै उर्जा लगाएर दौडिन्छन् । हामीले पनि त्यस्तै शक्ति लगाउनुपर्छ,’ गेब्रेयससले भने ।  विश्व स्वास्थ्य संगठनले विश्वभरका सरकारले पालना गर्नुपर्ने ६ नीतिहरु सार्वजनिक गरेको छ । तिनमा परीक्षण, खोप, रोग लागेपछि उत्कृष्ट उपचार पद्धतिको प्रयोग, संक्रमण नियन्त्रण कदमहरू पालना गर्ने, रोगबारे गलत सूचना फैलिन रोक्ने र समुदायलाई सहभागी गराउने विषय छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप