टी–२० विश्वकप : भारत–पाकिस्तान खेलको सबै टिकट बिक्री
बिहीबार, ३० भदौ २०७९, २१ : १९
भारत र पाकिस्तानबीच हुने टी–२० विश्वकप क्रिकेटको खेलको सबै टिकट बिक्री भइसकेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार, आईसीसीले अक्टोबर २३ मा अष्ट्रेलियामा हुने यस खेलका सबै टिकटहरूको साथै 'अतिरिक्त स्ट्यान्डिङ रुमका टिकटहरू केही मिनेटमै बिक्रि भएको' बताएको छ।
आईसीसीले खेल अघि एक आधिकारिक रीसेल प्लेटफर्म पनि सुरु गरिनेछ जहाँ प्रशंसकहरूले एक अर्कालाई टिकटहरू साट्न सक्छन्। आईसीसीका अनुसार अक्टोबर १६ देखि अस्ट्रेलियामा सुरु हुने टी–२० विश्वकपका लागि ५ लाखभन्दा बढीले टिकट किनेका छन् ।
आईसीसीका अनुसार ८२ देशका क्रिकेट फ्यानले विश्वका १६ टोलीका उत्कृष्ट खेलाडी हेर्न टिकट किनेका छन् । महिला टी–२० विश्वकप २०२० पछि पहिलो पटक आईसीसी इभेन्टका स्टेडियमहरू पूर्ण रूपमा भरिने भएका छन् । फाइनल खेल मेलबर्न क्रिकेट मैदानमा ८६,१७४ फ्यानहरूका अगाडि हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन