शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

२० पटकका ग्रान्डस्लाम च्याम्पियन रोजर फेडेररद्वारा सन्यासको घोषणा

बिहीबार, ३० भदौ २०७९, २० : ४९
बिहीबार, ३० भदौ २०७९

टेनिस इतिहासकै महान खेलाडीमा गणना हुने रोजर फेडेरर ४१ वर्षको उमेरमा खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । टेनिस क्षेत्रमा सबैभन्दा ठूलो ग्रान्डस्ल्यामका २० पटकका च्याम्पियन फेडेरर विगत तीन वर्षदेखि घुँडाको समस्यासँग संघर्ष गर्दै आएका थिए । अहिले यसैको कारण उनले सन्यास लिएका छन् । 

फेडेररले अर्को हप्ता लन्डनमा हुने लेभर कपमा सहभागी हुनेछन् । उनैले कल्पना गरेको राईडर कप शैलीको यस प्रतियोगितापछि उनले व्यावसायिक खेल जीवन परित्याग गर्नेछन् ।  
फेडेररले सामाजिक सञ्जालमा एक पत्र पोष्ट गरेर सन्यासको घोषणा गरेका हुन् । 

उनको पोष्ट यसरी सुरु भएको छ, ‘मेरा टेनिस परिवार र बाँकी विश्व । टेनिसले मलाई वर्षौंदेखि दिएका सबै उपहारहरू मध्ये, सम्भवत सबैभन्दा ठूलो यस यात्राका क्रममा भेटिएका मानिसहरू मेरा साथीहरू, मेरा प्रतिस्पर्धीहरू र खेलमा जीवन भरिदिने सबै प्रशंसकहरु हुन् । आज म तपाईहरु सबै माझ केहि समाचार साझा गर्न चाहन्छु ।’

फेडेरेरले अगाडि लेखेका छन् –‘तपाईंहरू मध्ये धेरैलाई थाहा छ, विगत तीन वर्षले मलाई चोट र शल्यक्रियाको चुनौतीहरू प्रस्तुत गरेको छ । म पूर्ण प्रतिस्पर्धात्मक फर्ममा फर्कन कडा मेहनत गरिरहेको छु । तर म मेरो शरीरको क्षमता र सीमाबारे परिचित छु । यसले मलाई दिन खोजेको सन्देशप्रति हालै स्पष्ट भएँ । म ४१ वर्षको भएँ । मैले २४ वर्षमा १५०० भन्दा बढी खेल खेलेको छु । टेनिसले मलाई सोचेभन्दा धेरै उदारतापूर्वक दिएको छ, र अहिले मैले मेरो प्रतिस्पर्धीत्मक क्यारियर समाप्त कहिले गर्ने भनेर अवगत हुनै पर्छ । ’

फेडेरेरले अन्तिममा लेखेका छन् ,‘अर्को हप्ता लन्डनमा हुने लेभर कप मेरो अन्तिम एटीपी प्रतियोगिता हुनेछ । अवश्य पनि, म भविष्यमा धेरै टेनिस खेल्नेछु, तर ग्रान्डस्लाम वा टुरमामा होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप