महाअभियोग समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई पुनः बयानका लागि बोलायो

महाअभियोग सिफारिस समितिले वरिष्ठ अधिवक्ताहरूसँग बयान लिएको छ । बिहीवार समितिले वरिष्ठ अधिवक्ताहरू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायतसँग बयान लिएको हो ।
महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नाम लिएका वरिष्ठ अधिवक्ताहरूसँग बिहीबार बयान लिएको हो । बैठकमा आएर अधिवक्ताहरू प्रधानन्यायाधीश जबराले लगाएका आरोपको बयान दिएको समितिका प्रवक्ता लक्ष्मीप्रसाद गौतमले बताए । उनले शुक्रवार बस्ने बैठकमा प्रधानन्यायाधीश जबरालाई पनि पूरक प्रश्नसमेतका लागि बोलाउने निर्णय भएको पनि बताए । उनले अहिले समितिले प्रतिवेदन लेख्ने काम गरिरहेको र प्रतिवेदनको बारेमा भोलिको बैठकले निर्णय गर्ने बताए ।
बैठकमा बयान दिएपछि वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले जबराविरुद्ध यो महाभियोगको प्रक्रियाको थालनीको लागि बारले खेलेको भूमिकाका बारेमा कसरी त्यस्तो परिस्थिति सिर्जना भयो भन्ने कुरा राखेको बताए । उनले यो बयानले महाभियोगको प्रक्रियालाई अझै बल पुगेको महशुस भएको बताए । उनले समितिले आफूहरुसँग अझै प्रमाण भए त्यो पनि पेस गर्न भनेको बताए । उनले सके यही संसदबाट टुंगो लाग्नुपर्ने र प्रक्रिया नसके महाभियोगको मुद्दा अर्को संसदले जिम्मेवारी लिनेगरी व्यवस्था गर्नुपर्ने बताए । उनले प्रधानन्यायाधीश जबराले महाभियोगको स्पष्टीकरणका लागि दिएको मौकालाई दुरुपयोग गरेर आफूमाथि आरोप लगाएको बताए ।
वरिष्ठ अधिवक्ता शाक्यले आफूमाथि लागेका आरोप निराधार रहेको उल्लेख गर्दै तत्कालीन समयमा न्यायका लागि संघर्षमा उत्रिएका कानून व्यवसायीहरुलाई विवादमा तान्न प्रधानन्यायाधीश जबराले आफूहरुको नाम लिएको बताए । महाअभियोग सिफारिस समितिको अर्को बैठक शुक्रवार बिहान ९ बजेका लागि बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैँकिङ प्रणालीबाट आज पनि ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक
-
सिराहामा यौन दुर्व्यवहारपछि युवतीको मृत्यु भएको घटना छानबिन गर्न गृहमन्त्रीको निर्देशन
-
प्रचण्डद्वारा सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन
-
अम्पायरले किन सुनिल नारिनलाई उनको ब्याटले खेल्न दिएनन् ?
-
सुनको मूल्य २७०० रुपैयाँ बढ्यो, भाउ हालसम्मकै उच्च
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा प्रधानन्यायाधीशसहितको पूर्ण इजलासमा