शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्डले पार्टी कब्जा गर्नका लागि एमालेसँग एकता गरेका थिए : देवी ज्ञवाली

बिहीबार, ३० भदौ २०७९, १९ : ३७
बिहीबार, ३० भदौ २०७९

नेकपा एमालेका केन्द्रीय सदस्य देवी ज्ञवालीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति इंगित गर्दै पार्टी कब्जा गर्ने दुराशयका साथ एमालेसँग पार्टी एकता गरेको आरोप लगाएका छन् । बिहीवार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेसँग पार्टी एकता गर्दा अध्यक्ष केपी शर्मा ओली बिरामी भएको र त्यसपछिको स्थितिमा पार्टी आफूले कब्जा गर्ने दुराशयका साथ पार्टी एकीकरण गरेको आरोप लगाएका हुन् । 

उनले एमालेले पवित्र उद्देश्यका साथ पार्टी एकता गरेपनि  माओवादीले ओली बिरामी भएपछिको अवस्थामा पार्टी कब्जा गर्ने मनशायले एकता गरेर कम्युनिष्ट पार्टीलाई विभाजित गरेको बताए । उनले एमालेका कार्यकर्ताहरु पार्टीले दिएको निर्देशन अनुसार काम गर्न तयार रहेको बताए । उनले अघिल्लो निर्वाचनमा कम्युनिष्ट पार्टीको एकताका लागि मतपत्र च्यातेर, हडपेर, हराएको कुरा बिर्सिएर लागेपनि आफ्नो त्याग र तपस्यालाई बिर्सिएको गुनासो गरे । उनले चीर प्रतिपक्ष नेपाली कांग्रेससँग साँठगाँठ गरी कम्युनिष्ट पार्टीलाई धराशायी बनाउन प्रचण्डपक्ष लागेको भन्दै माओवादी केन्द्रलाई पुष्पकमल एण्ड कम्पनीको संज्ञा दिए । 

माओवादी केन्द्रका चितवन सहइन्चार्ज तथा माओवादी केन्द्रीय सदस्य यमबहादुर परियारलगायत नेता, कार्यकर्ता बिहीबार एमालेमा प्रवेश गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप