बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

महाअभियोग सिफारिस समितिको बैठक जारी

बिहीबार, ३० भदौ २०७९, १९ : ३१
बिहीबार, ३० भदौ २०७९

महाअभियोग सिफारिस समितिको बैठक जारी छ । बिहीवार दिउँसो ३ बजेदेखि सिंहदरबारमा सुरु भएको महाअभियोग सिफारिस समितिको बैठक साँझसम्म जारी छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा केही अधिवक्ताहरूलाई विभिन्न आरोप लगाएपछि नाम मुछिएका अधिवक्ताहरूलाई समितिले बोलाएको हो । समितिमा बयानका लागि अधिवक्ताहरू चन्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्यलगायत छन् ।

महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश जबराले नाम लिएका राजनीतिक दलका नेताहरु तथा न्यायाधीशहरूलाई समेत समितिमा बोलाउने सोच गरेको थियो । पछि राजनीतिक दलका नेताहरुलाई नबोलाउने तर न्यायाधीशहरूलाई बोलाउने भनिएपनि न्यायाधीशहरूले समितिमा नजाने निर्णय गरेसँगै अधिवक्ताहरू भने समितिमा गएका हुन् ।

समितिसँग बयानका क्रममा प्रधानन्यायाधीश जबराले अधिवक्ताहरूले आफूसँग पदको बार्गेनिङ गर्न आएको आरोप लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप