शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

डिजिटल होर्डिङ बोर्डमार्फत विज्ञापन गर्न​ पाउनुपर्ने मागमा अन्तरिम आदेश दिन अस्वीकार

बिहीबार, ३० भदौ २०७९, १९ : ११
बिहीबार, ३० भदौ २०७९

सर्वोच्च अदालतले डिजिटल होर्डिङ बोर्डमार्फत विज्ञापन दिन पाउनुपर्ने माग राख्दै दायर  रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बिहीबार सर्वोच्च अदालतले प्लेजर सुलोसन नेपालले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

प्लेजर सुलोसनले काठमाडौं महानगरपालिकालाई विपक्ष बनाएर डिजिटल होर्डिङ बोर्डमार्फत विज्ञापन गर्न पाउनुपर्ने माग राख्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरेको थियो । उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले मुद्दाको अन्तिम किनारा नलागेसम्म बोर्ड भने नहटाउन अन्तरिम आदेश जारी गरेको छ । तर काठमाडौं महानगरपालिकाले भने बोर्ड आफै नझिके महानगरले झिकेर लैजाने चेतावनी र सूचना जारी गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप