अब फिजिकल सिमकार्ड बिनै मोबाइल चल्ने, शुक्रबारदेखि ग्राहकलाई ई–सिम वितरण गर्ने निर्णय

नेपाल टेलिकमले शुक्रबारदेखि ग्राहकलाई निःशुल्क ई–सिम वितरण गर्ने निर्णय गरेको छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने कम्पनीले जानकारी दिएको हो ।
हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ । त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।
उनका अनुसार ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ । सिम टेलिकमको सुन्धारा कार्यालयबाट वितरण गरिनेछ ।
ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ । ई–सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ ।
हालका सबै प्रयोगकर्ताले समेत ई–सिम प्रयोग गर्न सक्ने बताउँदै अधिकारीले नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले ई–सिम लिन सक्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एयरपोर्ट सुन ल्याए नल्याएको जाँच कसरी हुन्छ ?
-
श्याम र मिराको ‘फूलको रङ्ग’मा प्रभात र उषाको अभिनय
-
प्रदर्शनरत ‘ताण्डवम्’को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक
-
पशुपति वरपर मासु र मदिरा निषेध
-
सुशासन र समृद्धिको यात्रामा साथ दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
-
होरा इस्पोर्ट्स बन्यो पब्जी मोबाइल च्याम्पियन