नबिल बैंकको भिसा डाइरेक्ट सेवा सुरु
![नबिल बैंकको भिसा डाइरेक्ट सेवा सुरु](https://rpcdn.ratopati.com/media/albums/nabil-bank_VZbdMP8HSK.jpg)
नबिल बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा इन्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवा सुरु गरेको छ । यस सेवामार्फत विदेशमा रहेका जो कोहीले नबिल बैंकको भिसा कार्डका ग्राहकहरुलाई बिना झन्झट रेमिटेन्स पठाउन सक्नेछन् ।
यो सेवा लागु भए सँगै भिसा डायरेक्टमा सहभागी १८० भन्दा बढी देशहरूबाट नेट–बैंकिङ, मोबाइल वा एटीएम मार्फत १६ अंकको भिसा कार्ड नम्बरमा रकमान्तर गर्न सकिने बैंकले जनाएको छ । नबिल भिसा क्रेडिट, डेबिट (बैंक खाता) र प्रिपेड कार्डमा रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
यो सेवा समावेश भएसँगै नबिल भिसाका कार्डधनीहरूले विश्वको जुनसुकै ठाउँबाट आफ्नो कार्ड÷खातामा सहज र सुरक्षित रूपमा पैसा प्राप्त गर्न सक्नेछन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले आफ्ना ग्राहकहरूलाई भिसा डाइरेक्ट सेवा सेवा सुरु गर्न पाउँदा खुसी व्यक्त गरे । ‘यो सेवाको शुरुवात सँगै स्वदेशी र विश्वभरबाट सहज र सुरक्षित तरिकाले रेमिट्यान्स प्राप्त गर्न अर्को एउटा च्यानल खोलेको छ,’ उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी
-
घरजग्गा कारोबारले गति लिँदै, मंसिरमा मात्रै ४५ प्रतिशतले बढ्यो