आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

हुन्डाइको गाडी किन्दा ५ लाखसम्म नगद छुट

बिहीबार, ३० भदौ २०७९, १८ : ३१
बिहीबार, ३० भदौ २०७९

हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आउँदै गरेको दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै हुन्डाई फेस्टिभ डिलाइट २०७९ योजना ग्राहकहरु माझ ल्याएको छ । यो ग्राहकमुखि योजना भाद्र ३० गतेदेखि सुरु भएको कम्पनीले जनाएको छ ।  

यस योजना अन्तर्गत, ग्राहकहरुले रु.५,००,००० सम्मको आकर्षक नगद छुटका साथै स्क्यान कार्ड मार्फत् थप १५०,००० लाख सम्मको नगद छुट पनि पाउन सक्नेछन् । साथै यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा पाउनेछन् । 

सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुने पनि कम्पनीले जनाएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नेपाल भरी १७ शोरुमहरु तथा १९सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप