काँग्रेसले सह-महामन्त्रीहरुलाई दियो समानुपातिक उम्मेदवारको बन्दसूची बनाउने जिम्मा

नेपाली कांग्रेसले समानुपातिक उमेदवारमा सिफारिस भएर आएका नामहरूलाई सूचीकृत गर्ने ८ जना सहमहामन्त्रीलाई जिम्मेवारी दिएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ आएका नामहरूलाई क्लस्टरमा छुट्याउने जिम्मा सहमहामन्त्रीहरूलाई दिएको हो ।
कांग्रेस सहमहामन्त्री जीवन परियारले क्लस्टर छुट्याएर शुक्रबार बस्ने बैठकमा प्रतिवेदन पेस गर्न गर्न भनिएको बताए । उनका अनुसार सहमहामन्त्री भीष्मराज आङ्दम्बेले आदिवासी जनजाति, फर्मुल्ला मन्सुरले मुस्लिम, महालक्ष्मी उपाध्यायले महिला, महेन्द्र यादवले मधेसी, किशोरसिंह राठौरले खस-आर्य, उमाकान्त चौधरीले थारु, बद्री पाण्डेले पिछडिएका क्षेत्र, जीवन परियारले दलित कोटामा सिफारिस भएका नाम सूचीकृत गर्ने छन् ।
देशभरबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ५ हजार बढीको नाम आएको परियारले बताए । उक्त नाम क्लस्टर अनुसार छुट्याएर भोलिको बैठकमा पेस गरिने उनको भनाइ छ । कांग्रेसमा तल्ला तहबाट सिफारिस भएका नामका आधारमा संसदीय समितिले उम्मेदवार चयन गर्ने व्यवस्था छ । निर्वाचन आयोगमा २ र ३ असोजभित्र समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाइसक्नुपर्ने छ । आदिवासी जनजाति ३२ जना, खसआर्य ३४, थारु ७, दलित १५, मधेसी १७ र मुस्लिम ५ जनाको नाम समेटिनुपर्ने कानुनी व्यवस्था छ । प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ दलहरूले ११० जनाको बन्दसूची बुझाउनुपर्ने हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपतिद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
-
दलहरुबीचको सहकार्यबाटै गणतन्त्रको रक्षा गर्न सकिन्छः बाबुराम
-
जुनमा संसारकै अग्लो पुल सञ्चालनमा ल्याउँदैछ चीन
-
सुखानी वन क्षेत्रमा ‘भिओलेट कुक्कू’ चरा भेटियो
-
तस्बिरमा हेर्नुहोस् ललितकला मेला
-
युनिटी ठगी प्रकरण : संलग्नलाई कैद, पीडितलाई कम्पनीको सम्पत्ति बेचेर भुक्तानी गरिने