आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकद्वारा २० लाख बीमा रकम भुक्तानी

बिहीबार, ३० भदौ २०७९, १८ : २१
बिहीबार, ३० भदौ २०७९

एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका २ जना ग्राहकलाई प्रतिव्यक्ति रु. १० लाखको दरले कुल रु. २० लाख बीमा रकम भुक्तानी गरेको छ । 

बैंकको नेपालगन्ज शाखामा ‘एम्बेसडर’ श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोलेका सुजन शाह र तिनचुली शाखामा सोही खाता खोलेका स्व. महेश कपालीको हिताधिकारीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । 

बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका १,७३३ जनाभन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत रू. २ करोड ६० लाख, दुर्घटना बीमा वापत रू. ७० लाख र मेडिकल बीमा वापत रू. ३ करोड ३१ लाख गरी कुल रू. ६ करोड ६१ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप