शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एनआरएनएलाई हराउँदै पुलिस फाइनलमा प्रवेश

बिहीबार, ३० भदौ २०७९, १८ : १६
बिहीबार, ३० भदौ २०७९

विभागीय टोली नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा एनआरएनए स्पोर्टस एकेडेमीलाई १३ रनले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।

त्रिवि क्रिकेट मैदानमा पुलिसले दिएको १११ रनको लक्ष्य पछ्याएको एनआरएनएलले ८ ओभरमा ३ विकेट गुमाएर मात्र ९७ रन बनायो । एनआरएनएका लागि कप्तान सुनाम गौतमले ४६ रन बनाए । त्यस्तै सागर पुनले ३७ रन बनाए । यता पुलिसका लागि योगेन्द्र सिंह कार्कीले दुई विकेट लिए । त्यस्तै पवन सरार्फले एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको पुलिसले ८ ओभरमा ६ विकेट गुमाउँदै ११० रन बनाएको थियो । पुलिसका लागि आरिफ शेखले ३६ रन बनाए । त्यस्तै कप्तान दीपेन्द्र सिंह ऐरीले २५ रन बनाए । एनआरएनएका लागि दिवास गिरीले दुई विकेट लिए । त्यस्तै दिपक क्षेत्री, कप्तान सुनम गौतम र दिनेश खरेलले समान एक/एक विकेट लिए । अब पुलिसले फाइनलमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप