शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

‘प्रहरी हौं’ भनेर डल्लुबाट ३० लाख लुटपाट

३ जना पक्राउ
बिहीबार, ३० भदौ २०७९, १८ : ११
बिहीबार, ३० भदौ २०७९

काठमाडौंको ठमेलमा ओरियन्टल मनी एक्सचेन्ज चलाउने प्रकाश श्रेष्ठ भदौ २२ मा लुटिए । मनि एक्सचेन्ज बन्द गरेर साँझ डेरामा जाँदै गर्दा म्हैपी पुगेपछि उनलाई ५ जना अपरिचितले रोकेर भने–‘हामी प्रहरी हौं, झोला के छ ?’

श्रेष्ठलाई उनीहरुले जबर्जस्ती मोटरसाइकलमा राखेर सोह्रखुट्टे र खुसिबु हुँदै डल्लु लगे । डल्लुमा लगेर हातपात गरेपछि उनको साथमा रहेको झोला लुटेर उनीहरु फरार भए । झोलामा ३० लाख २३ हजार नगद भएको श्रेष्ठले प्रहरीलाई बताएका छन् ।

पीडितको आइफोन समेत लुटेर भाग्ने मध्येका ३ जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । बाटो बिग्रिएको हुनाले श्रेष्ठ त्यसदिन पैदल हिँड्दै डेरामा जाँदै थिए ।
पक्राउ पर्नेमा भोजपुर घर भएका २९ वर्षका योगेन्द्र तामाङ, रामेछापको सुनापति गाउँपालिका घर भएका २० वर्षीय मीनबहादुर तितुङ उर्फ रोहित र सिन्धुलीको मरिण घर भएका ३० वर्षीय देव लामा छन् । भदौ २९ मा उनीहरुलाई कपनबाट पक्राउ गरिएको एसपी कोइरालाले जानकारी दिए ।

आरोपीहरुलाई थप अनुसन्धान र कारवाहीका लागी अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ । घटनामा संलग्न दुईजना अझै फरार छन् । आरोपीहरुले दुईवटा पल्सर र एउटा जिक्सर मोटरसाइकल प्रयोग गरेर मनि चेन्जर सञ्चालकलाई लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप