विदेशी मुद्राको सञ्चिति १.५ प्रतिशतले घट्यो

आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नै विदेशी मुद्राको सञ्चितिमा १.५ प्रतिशतले गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तको तुलनामा साउन महिनामा १.५ प्रतिशतले घट्दै विदेशी मुद्राको सञ्चिति ११ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँमा झरेको हो । यस्तो सञ्चिति २०७९ असार मसान्तसम्म १२ खर्ब १५ ८० करोड रुपैयाँ रहेको थियो ।
पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा आएको केही सुधारात्मक संकेतसँगै सरकारले आयातमा केही लचकता अपनाएपछि पुनः विदेशी मुद्राको सञ्चितिमा प्रभाव परेको देखिन्छ । थप, दसैंतिहारका लागि विदेशी वस्तुको आयात बढेकाले पनि मुद्रा सञ्चिति घट्न पुगेको हो ।
यस्तो सञ्चितिले ९.४ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकको भनाइ छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ साउन मसान्तमा ०.७ प्रतिशतले कमी आई १० खर्ब ४९ अर्ब ११ करोड कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ साउन मसान्तमा ६.७ प्रतिशतले कमी आई १ खर्ब ४८ अर्ब ७४ करोड कायम भएको छ । २०७९ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनको स्वरूप परिवर्तन गर्न विद्यालय व्यवस्थापन समिति महासङ्घको आग्रह
-
विद्यालय खोल्न अभिभावक आन्दोलनमा
-
घनश्यामको टिप्पणीप्रति वाइसिएल अध्यक्ष शेर्पालीको आपत्ति
-
घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक
-
प्रचण्ड–माधवलाई ओलीको चेतावनी– डम्बरुमाथि खतरा आए बघिनीले झाप्पु हान्छ