विदेशी मुद्राको सञ्चिति १.५ प्रतिशतले घट्यो
आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नै विदेशी मुद्राको सञ्चितिमा १.५ प्रतिशतले गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तको तुलनामा साउन महिनामा १.५ प्रतिशतले घट्दै विदेशी मुद्राको सञ्चिति ११ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँमा झरेको हो । यस्तो सञ्चिति २०७९ असार मसान्तसम्म १२ खर्ब १५ ८० करोड रुपैयाँ रहेको थियो ।
पछिल्लो समय विदेशी मुद्रा सञ्चितिमा आएको केही सुधारात्मक संकेतसँगै सरकारले आयातमा केही लचकता अपनाएपछि पुनः विदेशी मुद्राको सञ्चितिमा प्रभाव परेको देखिन्छ । थप, दसैंतिहारका लागि विदेशी वस्तुको आयात बढेकाले पनि मुद्रा सञ्चिति घट्न पुगेको हो ।
यस्तो सञ्चितिले ९.४ महिनाको वस्तु आयात र ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकको भनाइ छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ साउन मसान्तमा ०.७ प्रतिशतले कमी आई १० खर्ब ४९ अर्ब ११ करोड कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ साउन मसान्तमा ६.७ प्रतिशतले कमी आई १ खर्ब ४८ अर्ब ७४ करोड कायम भएको छ । २०७९ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण