गठबन्धनमा सिट बाँडफाँडको निर्णय छिटो हुनुपर्छ : जनमोर्चा
राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनभित्र सिट बाँडफाँडको निर्णय छिटो हुनुपर्नेमा जोड दिएको छ । पाँच दलका बीच सिटहरुबारे नै अन्योलको स्थिति हुँदा जनताका बीचमा जाने र चुनावको प्रचार प्रसार गर्ने काममा बाधा पुगिरहेको जनमोर्चाको भनाइ छ ।
जनमोर्चाका महासचिव मनोज भट्टले बिहीबार जारी गरेको विज्ञप्तिमा पाँचदलका बीचमा संघको सिटहरु बाहेक प्रदेशका सिटहरुबारे अहिलेसम्म छलफलले प्रवेश नै पाएको नपाएको उल्लेख गरिएको छ । सिट बाँडफाँटको निर्णय छिटै हुनुपर्दछ भन्ने कुरामा पार्टीको जोड रहेको उनको विज्ञप्तिमा उल्लेख छ ।
आगामी मंसिर ४ गते सम्पन्न हुने आम चुनावले देश प्रतिगमनको दिशामा जानेछ वा त्यसलाई रोक्न सकिने छ भन्ने निर्क्योल गर्ने भएकाले परिवर्तनलाई जोगाउन गठबन्धनले जित्न आवश्यक रहेको जनमोर्चाको जिकिर छ । त्यसैले पाँचदलीय चुनावी तालमेललाई सफलतापूर्वक अगाडि बढाउनु अहिलेको राष्ट्रिय आवश्यकता भएको विज्ञप्तिमा उल्लेख छ ।
जनमोर्चाले पाँचदलका बीचमा पहिले जसले जुन सिटहरु जितेको छ, त्यहाँ त्यसलाई नै दिने र एमालेले जितेका स्थानहरुमा आपसमा समझदारी गरेर सिटहरु बाँडेर चुनाव लड्ने सहमति भएको छ । त्यस अनुसार नै प्यूठानमा पहिले पार्टीले जितेको र बागलुङमा पहिले एमालेले जितेको क्षेत्र नम्बर १ मा आफूहरुको दाबी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसका लागि राजमोले बागलुङको क्षेत्र नम्बर १ मा अध्यक्ष चित्रबहादुर केसी तथा प्यूठानमा उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको भट्टले जानकारी दिए ।
पाँचदलको बैठकमा पार्टीको दुवै दावीलाई सामान्यतः स्वीकार गरिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण