आर्थिक वर्षको पहिलो महिना : १६ अर्बको चालु र साढे २२ अर्बको शोधनान्तर स्थिति घाटामा
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक रिपोर्टमा बैंकले आर्थिक वर्षको पहिलो महिना (साउन) मा मुलुकको चालु खाता घाटा १६ अर्ब २६ करोड र शोधनान्तर स्थिति २२ अर्ब ६३ करोड घाटामा रहेको जनाएको हो ।
यस्तो घाटा अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ४७ अर्ब २९ करोड र ३८ अर्ब ७५ करोड रहेको थियो । तुलनात्मक रुपमा अघिल्लो वर्षभन्दा यसवर्ष मुलुकको वित्तीय स्थिति राम्रो रहेको बैंकको तथ्याङ्कले देखाएको छ । यद्यपि, विदेशी ऋण, असमान व्यापार सन्तुलन लगायतका कारणले गर्दा यस्तो घाटा अरु महिना थप बढ्ने देखिन्छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७.७ प्रतिशतले वृद्धि भई रु.८० करोड ३ लाख कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु. १ अर्ब ४० करोडले ऋणात्मक रहेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.६७ करोड ९७ लाख र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.४८ करोड ६ लाख रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण