शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक वर्षको पहिलो महिना : १६ अर्बको चालु र साढे २२ अर्बको शोधनान्तर स्थिति घाटामा

बिहीबार, ३० भदौ २०७९, १७ : २३
बिहीबार, ३० भदौ २०७९

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक रिपोर्टमा बैंकले आर्थिक वर्षको पहिलो महिना (साउन) मा मुलुकको चालु खाता घाटा १६ अर्ब २६ करोड र शोधनान्तर स्थिति २२ अर्ब ६३ करोड घाटामा रहेको जनाएको हो । 

यस्तो घाटा अघिल्लो वर्षको सोही अवधिमा क्रमशः ४७ अर्ब २९ करोड र ३८ अर्ब ७५ करोड रहेको थियो ।  तुलनात्मक रुपमा अघिल्लो वर्षभन्दा यसवर्ष मुलुकको वित्तीय स्थिति राम्रो रहेको बैंकको तथ्याङ्कले देखाएको छ । यद्यपि, विदेशी ऋण, असमान व्यापार सन्तुलन लगायतका कारणले गर्दा यस्तो घाटा अरु महिना थप बढ्ने देखिन्छ । 

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १७.७ प्रतिशतले वृद्धि भई रु.८० करोड ३ लाख कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु. १ अर्ब ४० करोडले ऋणात्मक रहेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.६७ करोड ९७ लाख र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.४८ करोड ६ लाख रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप