शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रेमिट्यान्समा सुखद शुरुवात, अघिल्लो वर्षभन्दा २० प्रतिशतले बढ्यो

बिहीबार, ३० भदौ २०७९, १७ : ०८
बिहीबार, ३० भदौ २०७९

विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा सुखद शुरुवात भएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनामा नै २० प्रतिशतले वृद्धि देखिएको हो ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको पहिलो महिनामा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले वृद्धि हुँदै ९२ अर्ब २१ करोड आयात हुन पुगेको छ । अघिल्लो वर्षको सोहीअवधिमा विप्रेषण आप्रवाह १७.४ प्रतिशतले घटेको थियो । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.५ प्रतिशतले वृद्धि भई ७२ करोड ४० लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.८ प्रतिशतले घटेको थियो । यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २२२.८ प्रतिशतले वृद्धि भई ४४,५४० पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेनेपालीको संख्या समीक्षा अवधिमा ७५.४ प्रतिशतले वृद्धि भई २०,३९० पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २८६.१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १८.४ प्रतिशतले वृद्धि भई १ खर्ब १ अर्ब ६९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १५.७ प्रतिशतले घटेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप