आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा बैठक : दुई विधेयक पारित

बिहीबार, ३० भदौ २०७९, १७ : ०३
बिहीबार, ३० भदौ २०७९

राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक पारित भएको छ । बैठकमा बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित भएका हुन् ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितका ती विधेयक पारित गर्न राखिएको प्रस्तावमाथि छलफल हुँदा सर्वसम्मतरूपमा दुवै विधेयक पारित भएका हुन् । दुवै विधेयकका प्रस्तावलाई अर्थमन्त्रीका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेश गरेकी थिइन् । राष्ट्रियसभाको अर्को बैठक यही भदौ ३१ गते शुक्रबार १२ः५९ बजे बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप