सिफारिस समितिले क्षेत्राधिकार विस्तार गर्न मिल्दैन : पूर्वप्रधानन्यायाधीशहरू
सर्वोच्च अदालतका चार पूर्वप्रधानन्यायाधीशहरूले महाभियोग सिफारिस समितिले क्षेत्राधिकारभन्दा बाहिर जान नसक्ने बताएका छन् । महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा राणाले समितिमा बयान दिने क्रममा पूर्वप्रधानन्यायाधीशहरुलाई समेत मुछेपछि समितिले उनीहरुलाई छलफलका लागि बोलाउँदै पत्र काटेको थियो ।
समितिको सोही पत्रलाई लिएर उनीहरुले महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश जबरा (अभियुक्त)ले कसैउपर दाबी वा अभियोग लगाउन नसक्ने भन्दै र उनको भनाइको आधारमा महाभियोग सिफारिस समितिले सुम्पिएको विषयभन्दा बढी क्षेत्राधिकार विस्तार गर्न नसक्ने बताएका हुन् ।
पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोही निष्कर्षका साथ महाभियोग सिफारिस समितिलाई आफूहरू समितिमा उपस्थित हुन नसक्ने भन्दै पत्र पठाएर आफ्नो धारणा राखेका हुन् । ‘सिफारिस समितिले पनि आफूलाई सुम्पिएको विषयमा बाहेक अन्य कसैउपर दाबी, छलफल गर्न वा सुम्पिएको विवादभन्दा बढी विस्तार गरी क्षेत्राधिकार विस्तार गर्न सक्ने देखिँदैन’ चारै जनाले संयुक्त पत्र लेख्दै भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण