नजिकिँदै दसैँ : सडक सुधारमा ध्यान दिन यातायात व्यवसायीको माग
नजिकिँदै गरेको दसैँंतिहार तथा छठ जस्ता ठूला चाडपर्वलाई लिएर उपत्यका छाड्ने हजारौं यात्रुहरुको सुरक्षामा गम्भीर हुन यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग माग गरेको छ । बर्खाले भत्किएका तथा पहिरो गएका सडक संरचना, निर्माणाधिन भौतिक संरचना र संभावित जोखिम भएका संरचना समेत अविलम्ब मर्म तथा सुधार गर्न महासंघले सरकारसँग माग गरेको हो ।
सडक संरचनाको भौतिक सुधारलाई लिएर महासंघले पटकपटक ध्यानाकर्षण गराउँदा समेत सम्बन्धित भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय तथा सडक विभागले वास्ता नगरेको यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले रातोपाटीसँग बताए ।
‘सडक सुरक्षा लाखौं सर्वसाधारणको जीवन सुरक्षासँग जोडिएको विषय हो । र पनि सरकार किन गम्भीर भइरहेको छैन’ वरिष्ठ उपाध्यक्ष सिटौलाले भने, ‘यसपालिको दसैंतिहारका लागि १८ देखि २० लाख यात्रुहरु सडक यात्रा गर्ने देखेका छौं । सडक दुर्घटना जस्तो अप्रिय घटना घटे के गर्ने ? जिम्मेवार को ? दसैं कसैका लागि दशा नबनोस्’ सिटौलाले भने ।
महासंघले यस पटकको दसैंतिहारमा १८ देखि २० लाखले उपत्यका छाड्ने अनुमान गरेको छ । जसको सुरक्षाका लागि सरकारले विशेष ध्यान दिनुपर्ने महासंघको भनाइ छ । आवश्यक क्षेत्रमा नागरिक सहायता कक्षको साथमा सुरक्षाकर्मीहरु समेत खटाउनुपर्ने सिटौलाको भनाइ छ ।
‘दसैंतिहारका लागि अग्रिम टिकट बुकिङ गरेर मात्र हुँदैन । यात्रुहरुको सुरक्षा र जवाफदेहिता पहिलो प्राथमिकता हो । आवश्यक ठाउँमा सरकारले नागरिक सहायता कक्षा स्थापना गर्नुपर्छ । काठमाडौं उपत्यकासहित देशका महत्वपूर्ण ठाउँठाउँमा यस्ता सहायता कक्ष राखिनुपर्छ’ उनले भने, ‘त्यति मात्र होइन सार्वजनिक भाडाको सूची समेत ठाउँ ठाउँमा राख्नुपर्छ ।’
तर, बढी भाडा लियो भने सधै यातायात व्यवसायीहरुलाई मात्र लखेट्ने काम गर्नुनहुने उनको भनाइ छ ।
‘सरकारले र नागरिकले पनि बुझ्नुपर्छ । हामीसँग सुविधा अनुसारका चार किसिमका गाडीको सुविधा छ । नर्मल, डिलक्स, एसी र सुपर डिलक्स । गाडी र सुविधा अनुसार भाडा दर पनि फरकफरक छन् । तर, यो सरकारलाई पनि जानकारी हुनुपर्यो र यात्रुहरुलाई पनि’ सिटौलाले भने ।
तर, अनावश्यक भाडा लिने र यात्रुहरु ठग्ने काम भने व्यवसायीहरुबाट नहुने उनले बताए । यदि त्यसो भएको लागे यात्रुले सम्बन्धित टिकट काउन्टर र प्रहरीमा उजुरी गर्न समेत सक्ने सिटौलाको भनाइ छ ।
यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण