न्यायपालिकामा चोलेन्द्रजस्ता फेरि नजन्मिउन् : चण्डेश्वर श्रेष्ठ

नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग न्यायाधीश पद नमागेको दावी गरेका छन् । बिहीबार महाभियोग सिफारिस समितिको बैठकमा जवाफ दिन उपस्थित भएका श्रेष्ठले राणाको सो दावी सहि हो भने सिसीटिभी फुटेज सार्वजनिक गर्न आग्रह गरे ।
बारको अध्यक्षको हैसियतले आफूले न्यायालय सुधारका लागि अघि बढ्दा त्यस्तो आरोप लगाइएको बताए । उनले आफूमाथि लागेको आरोप प्रमाणित गर्ने प्रमाण पुष्टि गरे उनले आफू पेसा छोड्न तयार रहेको बताए । उनले न्यायालय सुधारका लागि सबै पक्ष लागि पर्न आग्रह गर्दै न्यायपालिकामा चोलेन्द्रजस्ता फेरि नजन्मिउन् भन्ने कामना गरे।
उनले प्रधानन्यायाधीश राणाका भाइले बिचौलियाको भूमिका खेलेको कुरा बालुवाटारमा गएर भनेको उल्लेख गरे । कुनै मुद्दामा राणाले ४ करोड रूपैयाँ लिएर फैसला गरेको भन्ने सुन्नमा आएकोले त्यसमाथि पनि छानविन होस् भन्ने माग गरे । उनले आफु ७१ वर्षको भएको र चोलेन्द्र शमशेरभन्दा निकै अगाडिदेखि वकालत पेशामा आबद्ध रहेको बताउँदै न्यायाधीश नियुक्तिमा चलखेल गरेको भए कारबाही भोग्न तयार रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा भूकम्प, काठमाडौँसम्म धक्का महसुस
-
आईपीएलमा पञ्जाबभन्दा पनि न्यून स्कोर बनाएर हार्यो कोलकाता
-
स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
नारायणघाट-बुटवल सडकमा साना पुल निर्माण सम्पन्न
-
एस्टन भिल्लालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश
-
जर्मनीमा हार व्यहोरेर पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमीफाइनलमा