बालेन्द्रसँग फुटपाथ व्यवसायीको अनुनय: ‘तोकेको कर तिर्छौ, गरिखान देऊ ’ (भिडियो)
फुटपाथमा व्यापार गर्न पाउनु पर्ने माग राख्दै व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् । व्यवसायीहरूले बिहीबार काठमाडौँ महानगरपालिको प्रवेशद्वार अगाडी धर्नासहित विरोध प्रदर्शन गरेका हुन् ।
गरिखान देऊ होइन भने रोजगार दिलाइ देऊ, रोजगार देऊ कि स्वरोजगार हुन देऊ लगायतका नारासहित व्यवसायीहरूले विरोध गरेका हुन् । विशेष गरेर उनीहरूले दिनको केही घण्टा भए पनि सडक पेटीमा व्यवसाय गर्न पाउनु पर्ने माग राखेका छन्। उनीहरूले सडक किनारामा व्यवसाय गर्दा महानगरले लगाउने कर तिर्न आफूहरू तयार रहेको तथा आफ्नो फोहोर आफै व्यवस्थापन गर्ने पनि बताएका छन्।
महानगरका प्रमुख बालेन्द्र साहले काठमाडौँका लागि गरिरहेको यो काम राम्रो भए पनि गरिखानेहरूका लागि उत्कृष्ट विकल्प देखाइदिन पनि उनीहरूको आग्रह छ।
काठमाडौँ महानगरपालिकाले पछिल्लो समय फुटपाथ व्यापार गर्न रोक लगाएको छ भने सार्वजनिक जग्गाका अवैध संरचना र नक्सा पास नभई निर्माण गरिएका संरचनासमेत भत्काउँदै आएको छ । यसरी महानगरले फुटपाथ र अवैध संरचनामा कडाइ गरेपछि त्यस स्थानमा व्यवसाय गर्दै आएका व्यवसायी मारमा परेका छन् ।
भिडियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण