आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मिटरब्याजी लघुवित्तलाई गृह मन्त्रालयले संरक्षण गरेको आरोप

बिहीबार, ३० भदौ २०७९, १६ : ३४
बिहीबार, ३० भदौ २०७९

पीडितलाई न्याय दिनुको सट्टा लघु वित्तीय संस्थाहरुको गलत कार्यलाई ढाकछोप गर्न गृह मन्त्रालयले प्रहरी प्रसाशन लगाएर दमन गरेको भन्दै पीडितहरु आक्रोशित भएका छन् । बिहीबार राजधानीको संवाद डबलीमा ‘लघु वित्तीय संस्थाविरुद्धको संघर्ष समिति’ ले पत्रकार सम्मेलन गरी देशभरी पीडितलाई सरकारले थप पीडा दिएको भन्दै आन्दोलनको स्तरवृद्धि गर्ने चेतावनी दिएको हो । 

देशभर २६ वटा जिल्लाहरुमा संघर्ष समिति विस्तार गरिसकेको जानकारी दिँदै समितिका अध्यक्ष मनिराम ज्ञावालीले सरकारी दमन बढ्दै गए लघुवित्त खारेजीसम्मको आन्दोलन गर्ने चेतावनी दिए । उनले सरकार र सम्बन्धित निकायले लघुवित्तहरुको जनतामाथिको मिटर ब्याजको ज्यादति नजानेर वा सुनियोजितरुपमै ढाकछोप गरिरहेको र त्यसलाई थप बढावा दिन लागेको बताउँदै भने, “आफ्ना गल्तिहरुलाई ढाकछोप गर्न गृहमन्त्रालय चाहारेका लघुवित्त बंैकर संघको पक्षमै पीडितको ढाड सेकाउन उद्त सरकारले ठूलो मूल्य चुकाउनु पर्नेछ ।”

लघुवित्त बैंकर संघका अध्यक्ष प्रकाशराज शर्माको लक्ष्मी लघुवित्त नै राष्ट्र बैंकको कारबाहीमा परेको बताउँदै ज्ञावालीले भने, “यस्ता मान्छे त अध्यक्ष भएको संघ छ अनि त्यसलाई नै सरकारले किन संरक्षण दिइरहेको छ ।” 
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) सचिवालय सदस्य अगस्त अधिकारीले केही दिनअघि राजधानी ताथा पछिल्लो समय देशेभरी न्यायका निम्ति आन्दोलनरत पीडितमाथिको सरकारी दमनले थप संघर्ष आक्रामक हुने बताए । 

मिटरब्याजी लघुवित्तहरुको ज्यादतिविरुद्ध आउँदो असोज २५ गते पीडितहरुले राजधानीको सिंहदरबार घेर्ने घोषणा गरेको जानकारी गराउँदै त्यसबेला सरकारले पीडितहरुको शक्ति देख्ने छ उनले भने ।
संघर्ष समितिका सदस्य तथा पीडित साहिर पठानले लघुवित्तले मिटर ब्याज र साहु तिरिसकेपछि पनि २५ हजारको ४ वर्षमा ७५ हजार बनाएको पीडा र आक्रोस व्यक्त गरे । 

नेपालको मुलुकी ऐन २०७४ परिच्छेद १५ को ४७८ को २ उपदफा १ बमोजिम साहुले ऋणीबाट लिन पाउने ब्याजको रकम साँवा रकमको वार्षिक १० प्रतिशत भन्दाबढी नहुने उल्लेख गरिएपनि राष्ट्र बैँकले सो कानुनी प्रावधान मिचेर १५ प्रतिशत ब्याजमा लगानी दिन स्वीकृति दिनुले राष्ट्र बैंकको पनि नियत माथि प्रश्न उठेको पीडितहरुले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप