महाअभियोग सिफारिस समितिको बैठकमा सात जना अधिवक्ता उपस्थित
बिहीबार, ३० भदौ २०७९, १५ : ५३

महाअभियोग सिफारिस समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध छानबिन गर्ने क्रममा समितिले सोधपुछका लागि वरिष्ठ अधिवक्तालाई बोलाएको हो । बयान दिने क्रममा जबराले उनीहरुलाई मुछेका थिए ।
समितिले सोधपुछका लागि बोलाएपछि अधिवक्ताहरू चण्डेश्वर श्रेष्ठ, पूर्णमान शाक्य, लीलामणि पौडेल, शम्भु थापा, रमण श्रेष्ठ, हरिहर दाहाल र ओमप्रकाश अर्याल बैठकमा उपस्थित भएका छन् । राणाले आफूमाथि लागेको आरोपको जवाफ दिने क्रममा वरिष्ठ अधिवक्ताहरूमध्ये केहीले न्यायाधीश माग गरेको र केहीले मुद्दामा सहयोग मागेको भन्दै उनीहरुलाई देखाएका थिए ।
समितिले प्रधानन्यायाधीश जबराले लगाएको आरोपबारे उनीहरुसँग सोधपुछ गरिरहेको छ । यसअघि पूर्वप्रधानन्यायाधीश र बहालवाला न्यायाधीशले भने समितिलाई बयान नदिने भन्दै इन्कार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
-
कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत
-
चार स्रष्टालाई पारिजात सम्मान