महाअभियोग सिफारिस समितिको बैठकमा सात जना अधिवक्ता उपस्थित
बिहीबार, ३० भदौ २०७९, १५ : ५३
महाअभियोग सिफारिस समितिको बैठक सिंहदरबारमा सुरु भएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध छानबिन गर्ने क्रममा समितिले सोधपुछका लागि वरिष्ठ अधिवक्तालाई बोलाएको हो । बयान दिने क्रममा जबराले उनीहरुलाई मुछेका थिए ।
समितिले सोधपुछका लागि बोलाएपछि अधिवक्ताहरू चण्डेश्वर श्रेष्ठ, पूर्णमान शाक्य, लीलामणि पौडेल, शम्भु थापा, रमण श्रेष्ठ, हरिहर दाहाल र ओमप्रकाश अर्याल बैठकमा उपस्थित भएका छन् । राणाले आफूमाथि लागेको आरोपको जवाफ दिने क्रममा वरिष्ठ अधिवक्ताहरूमध्ये केहीले न्यायाधीश माग गरेको र केहीले मुद्दामा सहयोग मागेको भन्दै उनीहरुलाई देखाएका थिए ।
समितिले प्रधानन्यायाधीश जबराले लगाएको आरोपबारे उनीहरुसँग सोधपुछ गरिरहेको छ । यसअघि पूर्वप्रधानन्यायाधीश र बहालवाला न्यायाधीशले भने समितिलाई बयान नदिने भन्दै इन्कार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण