अग्निपथबारे यो सरकारले निर्णय गर्दैन : परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथबारे वर्तमान सरकारले कुनै निर्णय नगर्ने बताएको छ । बिहीवार सिंहदरबारमा भएको नियमित पत्रकार सम्मेलनमा यसबारेमा मन्त्रालयले सरकारले कुनैपनि निर्णय नगर्ने जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सरकार निर्वाचनको मिति तोकिसकेको अवस्थामा भएकोले तत्काल कुनै निर्णय गर्ने पक्षमा नरहेको बताइन् । अग्निपथको बारेमा नयाँ निर्वाचित सरकारले निर्णय गर्ने उनको भनाइ छ । सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौतापछि भारतीय सेनामा नेपाली भर्ती शुरु भएको थियो । अहिले भारतीय सेनाको ७ वटा गोर्खा राइफल्स रेजिमेन्टमा गरी करिव ३० हजार नेपाली सेवारत छन् ।
प्रवक्ता लम्सालले तत्कालका लागि अग्निपथसम्बन्धी विषयलाई थाँती राखेको बताउँदै यो विषय राजनीतिक दलहरूसँग परामर्श लिएर राष्ट्रिय सहमतिमा पुग्ने गरी आगामी सरकारले निर्णय गर्ने बताइन् । भारतका सेना प्रमुख मनोज पाण्डेले ‘अग्निपथ’ योजनाअनुसार नेपालीहरू भारतीय सेनामा भर्ती नभए नेपाललाई छुट्ट्याएको कोटा अरूलाई दिने बताएका थिए ।
प्रवक्ता लम्सालले बाढी पहिरोका कारण उत्तरी नाकामा केही समस्या आएपनि दशैं अघि पूर्ण रुपमा नाका सञ्चालन हुने बताइन् । उनले यसबारेमा चिनियाँ पक्षसँग पनि कुराकानी भइसकेकोले दशैँभन्दा अघि नै राम्रोसँग नाका सञ्चालन हुनेमा विश्वस्त रहन आग्रह गरिन् । उनले उत्तरी नाकाबाट व्यापारिक सामग्रीहरुको आवागमन राम्रो र निर्वाध होस् भन्ने चाहना नै सरकारको रहेको बताइन् ।
प्रवक्ता लम्सालले पत्रकार सम्मेलनमा पाकिस्तान सरकारलाई नेपालले गरेको सहयोग, बेलायती महारानी एलिजावेथ द्वितीयको निधनपछि नेपालले गरेको सम्मान र चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुको नेपाल भ्रमणबारे जानकारी गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
संसद्मा नेकपा माओवादी केन्द्रले माग्यो प्रधानमन्त्रीको राजीनामा
-
दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, नेपालबाट २११ जना उडे
-
पूर्वराजालाई वामदेवको चेतावनी : ब्रिटेन र फ्रान्सको घटना दोहोरिन सक्छ
-
मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता
-
लेबननको सान्त्वना जित, दोस्रो खेलमा बलियो म्यानमारसँग भिड्दै नेपाल