सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भृकुटीमण्डपमा दसैँ जुत्ता चप्पल मेला

बिहीबार, ३० भदौ २०७९, १५ : ४०
बिहीबार, ३० भदौ २०७९

काठमाडौंको भृकुटीमण्डपमा नेपालका ख्यातिप्राप्त ब्रान्डहरूले सञ्चालनमा ल्याएको ‘दसैँ जुत्ता चप्पल मेला’मा उपभोक्ताहरूको भिड बढ्न थालेको छ । भृकुटीमण्डपको गेट छिर्ने बित्तिकै सानो चौरमा लागेको मेलामा नेपालका प्रख्यात ब्राण्ड शिखर शुज, हाईलाईफ, वान वर्ल्ड शुज, फुटस्टेप सुज, बोस सुज,पीजी सुज, बेम्बो सुज, एस लेदरका २ हजारभन्दा बढि आकर्षक र नयाँ–नयाँ डिजाइनका जुत्ता चप्पल उपलब्ध रहेको आयोजक तथा शिखर शुजका प्रबन्धक निर्देशक रामकृष्ण प्रसाईंले जानकारी दिए ।

बजारमा सस्तो जुत्तालाई पनि महँगो मूल्य राखेर उपभोक्तालाई ठग्ने गरिएकोमा यो मेलामा जति हो त्यति नै मूल्य राखिँदा बार्गेनिङ गरिरहन नपरेको र ठगिनबाट जोगिने आयोजकको भनाइ छ । एउटै छानामुनि उत्कृष्ट ब्रान्डका जुत्ता चप्पल उपभोक्ताले छानिछानी किन्न पाउनुका साथै हरेक ब्रान्डका जुत्तामा कम्तीमा ६ महिनाको वारेन्टी रहेको आयोजकको भनाई छ । उपभोक्ताले खोजेका हरेक भेराइटीहरु जुत्ता मेलामा उपलब्ध गराइएको आयोजकको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप