नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको बजेट ४८ लाख
बिहीबार, ३० भदौ २०७९, १५ : ३३
अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु टोली नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलको अनुमानित बजेट ४८ लाख भएको छ । एन्फाले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै मैत्रीपूर्ण खेलको अनुमानित बजेट तय गरेको हो ।
साथै एन्फाले मैत्रीपूर्ण खेलको टिकट मूल्य तय गरेको छ । जसमा सामान्य प्याराफिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको एन्फाले जनाएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल असोज ११ गते हुनेछ ।
मैत्रीपूर्ण खेल फिफा डे अन्तर्गत हुनेछ । खेल साँझ ५:३० बजे सुरु हुनेछ। नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको टोली असोज ७ गते नेपाल आइपुग्ने एन्फाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण