आजसम्म प्रयोग भएका मोबाइल सेट एमडिएमएसमा स्वतः दर्ता

नेपाल दुरसञ्चार प्राधिकरणले ३० भदौसम्म नेपालमा चलाइरहेका सबै मोबाइल सेट स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाएको जनाएको छ । ३० भदौ पश्चात विदेशबाट व्यक्तिगत तवरले ल्याएका मोबाइल सेटलाई भने अनिवार्य रुपमा एमडिएमएस प्रविधिमा दर्ता गर्नुपर्ने छ ।
यही कारण प्राधिकरणले ३० भदौपछि खरिद गरेका मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणाली (एमडिएमएसडटएनटीएडटजिओभीडटएनपी) मा दर्ता भए नभएको एकिन गर्न आग्रह गरेको छ । मोबाइल व्यापारीहरूलाई पनि मोबाइल आयत गर्दा प्राधिकरणको स्वीकृति लिन आग्रह गरेको छ ।
यो प्रणाली लागू भएसँगै अनौपचारिक माध्यमबाट भित्रिने मोबाइल फोनको व्यापार पूर्णरूपमा रोकिने विश्वास गरिएको छ । हाल नेपालमा वार्षिक ४० अर्ब रुपैयाँ बराबरको मोबाइल मात्रै औपचारिक माध्यमबाट आउने गरेको छ । बाँकी १५ अर्ब रुपैयाँ बराबरको मोबाइल तस्करी भएर आउने गरेको तथ्यांक छ ।
एमडीएमएस प्रणालीले मोबाइल सेटको गैरकानूनी आयात÷बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ र ब्लकिङ गर्न सहज बनाउँछ । यो प्रणाली लागू भएसँगै त्यस्ता प्रकृतीका फोनहरू नचल्ने व्यवस्था गरिन्छ । जसले गर्दा चोरी पैठारीका मोबाइल फोनको आयात पूर्णरूपमा रोकिने भएको हो ।
प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बिहीबारदेखि एमडीएमएस प्रणाली लागू भएको बताए । उनले विगत लामो समयदेखि लागू गर्ने तयारी भएपनि विविध कारणले ढिलाइ भएको बताए । यद्यपी, अब यसबाट राम्रो परिणाम आउनेमा ढुक्क रहेको उनले बताए । भने, ‘अब यसबाट राम्रो नतिजा आउँछ । चोरी र पैठारीका फोन नियन्त्रणमा आउँछ ।’
यस्तै, संघका अध्यक्ष दीपक मल्होत्राले नेपालमा मोबाइलको बजार कूल ५५ अर्ब रुपैयाँको रहेको बताए । त्यसमध्ये ४० अर्ब रुपैयाँको फोन भन्सार तिरेर औपचारिकमाध्यमबाट आउने र बाँकी १५ अर्ब तस्करी र चोरीमार्फत आउने बताए । उनले भने, ‘यसबाट राज्यले समेत वार्षिक ७ अर्ब रुपैयाँ राजश्व गुमाइरहेको थियो । एमडीएमएस लागू भएसँगै चोरी पैठारी पूर्णरूपमा रोकिन्छ ।’
‘अबदेखि नेपालमा बिक्ने सतप्रतिशत फोन औपचारिक माध्यमबाट आउँछ,’ मल्होत्राले भने, ‘यसबाट व्यवसायी र राज्य दुवैले फाइदा उठाउँछन् ।’ यस्तै, हाल ३०० डलरभन्दा माथिको फोनको आयात बन्द भएपछि चोरी पैठारी झनै मौलाएको उनको भनाइ छ । ५५ अर्ब रुपैयाँ बराबरको मोबाइल मार्केट आयात प्रतिबन्धपछि २७ अर्ब मात्रै औपचारिक माध्यम र बाँकी २८ अर्ब रुपैयाँको मोबाइल अनौपचारिक माध्यमबाट आउन थालेको उनले बताए । सोहीकारण, राज्यले अब मोबाइल फोनमा लाग्दै आएको प्रतिबन्धलाई समेत हटाउनुपर्ने व्यवसायीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनरत ‘ताण्डवम्’को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक
-
पशुपति वरपर मासु र मदिरा निषेध
-
सुशासन र समृद्धिको यात्रामा साथ दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
-
होरा इस्पोर्ट्स बन्यो पब्जी मोबाइल च्याम्पियन
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक