नेपालबाट फर्केपछि अग्निपथबारे बोले भारतीय सेनाध्यक्ष पाण्डे
भारतका स्थल सेनाध्यक्ष मनोज पाण्डेले अग्निपथ योजनाबारे नेपालले समयमा निर्णय नलिए गोर्खा सैनिकको लागि छुट्याइएको कोटा फिर्ता लिन बाध्य हुने चेतावनी दिएका छन् । भारतले यस्तो निर्णय लिए दुई देशको सम्बन्धमा असर पर्ने टिप्पणी भइरहेको बेला उनको धारणा आएको हो ।
भारतमा बुधबार युनाइटेड सर्भिस इन्स्टिच्युशन अफ इण्डियाले आयोजना गरेको कार्यक्रममा बोल्दै सेनाध्यक्ष पाण्डेले अग्निपथ योजनाबारे नेपालले चुनावअघि कुनै निर्णय नगर्ने आशय पनि व्यक्त गरे । सेनाध्यक्ष पाण्डे हालै नेपालको भ्रमण गरी भारत फर्केका हुन् । नेपाल भ्रमणमा रहेको बेला उनले यस विषयमा पनि चर्चा गरेका थिए । तर, नेपाली पक्षबाट कुनै ठोस जवाफ नपाएको स्रोतले जनाएको छ । उनले नेपाली सेनासहित अन्य सरोकारवालासँग यसबारे जिज्ञासा राखेका हुन् । कुनै ठोस प्रतिक्रिया नलिइकन भदौ २३ गते भारत फर्केका थिए ।
परराष्ट्र सचिव भरतराज पौडेल भदौ २८ गतेदेखि भारत भ्रमण गरेका हुन् । भारतमा सचिव पौडेलसँग पनि यस विषयमा जिज्ञासा राखेको बताइएको छ । तर उनले पनि कुनै ठोस जवाफ नदिएको स्रोतले जनाएको छ । यदि नेपालले अग्निपथबारे समयमा कुनै निर्णय नसके दुई देशको सम्बन्धमा असर पर्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नेपालले भारतको अग्निपथ भर्नामा हाल रोक लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण