खेल रद्द हुँदा आर्मी फाइनलमा
बिहीबार, ३० भदौ २०७९, १५ : ०९
विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार तय सुदूरपश्चिम विरुद्धको पहिलो सेमिफाइनल खेल रद्द भएपछि आर्मी फाइनल पुगेको हो । त्रिवि क्रिकेट मैदानमा खेल रद्द भएपछि समूह चरणको उत्कृष्ट नतिजाका आधारमा आर्मी उपाधि नजिक पुगेको हो ।
आर्मी समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । सुदुरपश्चिम समूह ‘बी’ को उपविजेता बनेको थियो । जारी प्रतियोगितामा यो रद्द भएको १७ औं खेल हो । अब आर्मीले फाइनलमा एनआरएनए स्पोर्टस् एकेडेमी र नेपाल पुलिस क्लब बीचको विजेतासँग खेल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण