मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

सिरियालाई सहयोग गर्न राष्ट्रसंघका महासचिवको आग्रह

बिहीबार, ३० भदौ २०७९, १५ : ०२
बिहीबार, ३० भदौ २०७९

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सिरियाका लागि सहयोग गर्न आग्रह गरेका छन् । सिरियाका लागि मानवीय सहायता आवश्यक रहेकाले त्यसका लागि आवश्यक सहयोग गर्न आग्रह गरेका हुन् ।

बुधबार उनले सिरियाका नागरिकलाई जीविकाका लागि नै सहयोग गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक सहयोग रकम उपलब्ध गराउन माग गरेका हुन् । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा बुधबार महासचिव गुटरेसले विश्व समुदायलाई नै सो आग्रह गरेको समाचारमा जनाइएको छ । उनले सिरियाली नागरिकको जीवन बचाउने योजनाका लागि संयुक्त राष्ट्रसंघले केही कार्यक्रमहरु बनाएको र त्यसका लागि यस वर्षमात्र कम्तीमा पनि चार करोड ४० लाख अमेरिकी डलर रकम चाहिएको बताए ।

सो रकम सिरियाली नागरिकको जीवन बचाउनका लागि अत्यावश्यक पर्ने मानवीय सहयाताका लागि मात्र आवश्यक रहेको उनले जानकारी दिए । साथै उनले यसबाहेक पनि सिरियामा बाहिरबाट आएका शरणार्थी तथा सिरियाबाट भागेर बाहिरिएका शरणार्थीहरुका लागि पनि थप ६१ लाख अमेरिकी डलर आवश्यक रहेको उनले बताए ।

यो सबै गरेर सन् २०२२ का लागि मात्र सिरियाका लागि एक करोड ५ लाख अमेरिकी डलर आवश्यक रहेको जानकारी दिए । विगत लामो समयदेखिको आन्तरिक विद्रोह तथा यहाँ परेको खडेरी आदि कारणले गर्दा सिरियाको आर्थिक अवस्था निकै नाजुक रहेको र यहाँका बालबालिका समेत कुपोषणको शिकार हुँदै गएका बताउँदै उनले यस्तो अवस्थामा सिरियाका लागि विशेषतः मानवीय सहायता चाहिएको पनि सो बैठकमा जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप