गठबन्धनको बैठक रोकेर समानुपातिकतिर दलहरुको ध्यान
सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक नै ६ दिन रोकेर समानुपातिक तर्फका आ आफ्ना पार्टीका उम्मेदवार छान्न व्यस्त छन् । गठबन्धनको बैठक रोकेर उनीहरु आआफ्नो पार्टीका संसदीय समितिका बैठक र छलफलमा केन्द्रीत भएका हुन् ।
त्यसक्रममा कांग्रेस र माओवादीले बुधबार नै बैठक राखेर समानुपातिक उम्मेदवारका मापदण्ड तय गरेका छन् । साउन २१ गते नै कार्यदल बनाएर सिट बाँडफाँट गर्न तम्सिएका सत्ता घटक दलले झण्डै डेढ महिनासम्म छलफल गरेपनि सिटमा अस्वभाविक दावी नछोडेपछि सहमतिमा पुग्न सकेका थिएनन् । भदौ २८ बालुवाटारमा बसेको गठबन्धन बैठकले समेत सहमति जुटाउन नसकेपछि सोही दिनदेखि गठबन्धनको बैठक नै रोकेर आआफ्नो पार्टीका समानुपातिक उम्मेदवार छान्ने गृहकार्यमा लागेका हुन् ।
सत्तारुढ दल माओवादी केन्द्रले असोज २ र ३ गते समानुपातिक तर्फको उम्मेदवार सूची निर्वाचन आयोगमा बुझाएपछि असोज ४ गते गठबन्धन बैठक बसेर सिट भागबण्डा टुंगो लगाउने स्पस्ट पारेको छ । सोहीअनुसार गठबन्धनमा रहेका दलहरु आआफ्नो पार्टीका समानुपातिक तर्फका उम्मेदवार छान्ने आन्तरिक गृहकार्यमा जुटेका छन् । यसैबीच समानुपातिक सूची बुझाउने मिति नजिकिएसँगै नेताहरुको घरमा आकांक्षीहरुको भीडभाड बढेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने