शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा प्रदर्शन हुँदै ‘झिँगेदाउ’

बिहीबार, ३० भदौ २०७९, १४ : २५
बिहीबार, ३० भदौ २०७९

स्वदेश प्रदर्शनमा दोस्रो सातामा पनि राम्रो दर्शक पाइरहेको फिल्म ‘झिँगेदाउ’ अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । फिल्म सेप्टेम्बर १६ अर्थात भोली शुक्रबारबाट प्रदर्शन हुन लागेको हो ।

फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले ‘झिँगेदाउ’ अमेरिकाको केही हलमा रेगुलर शोको रुपमा शुक्रबारबाट रिलिज हुन लागेको जानकारी दिए । ‘हामीले पठाएको फाइलमा केही समस्या भएकोले शो संख्या निर्धारण भएको छैन’ देउजाले भने ‘त्यसका लागि फेरि फाइल जाँदैछ । भोली बिहानसम्म त सो हाल्छ होला ।’

आमा र सन्तानबीचको भावनात्मक कथामा निर्माण भएको फिल्मले स्वदेशमा राम्रो दर्शक पाइरहेको छ । फिल्म निर्देशक देउवाले नै निर्माण गरेका हुन् । फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल , कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल, आशा भुषाल लगायतको अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप