आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रीय सदस्य परियार एमालेमा प्रवेश

बिहीबार, ३० भदौ २०७९, १४ : २४
बिहीबार, ३० भदौ २०७९

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा जिल्ला अध्यक्ष र सेक्रेटरी भइसकेका नेता यमबहादुर परियार ‘इन्द्रजीत’ नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् चितवन जिल्लाका पूर्वअध्यक्ष परियारको एमाले प्रवेशलाई चितवनमा माओवादी केन्द्रलाई धक्का पुगेको रुपमा हेरिएको छ । 

च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा  आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परियारलाई एमालेमा स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन् ।  परियार माओवादी केन्द्र चितवनको जिल्ला सह–इन्चार्जसमेत हुन् । जिल्ला अध्यक्ष भइसकेका परियारलाई माओवादी केन्द्रले बेवास्ता गर्दै आएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत परियारलाई राम्रो जिम्मेवारी नदिएपछि परियार समूह असन्तुष्ट थियो । 

परियारसहित अन्य नेताहरु पनि एमालेमा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, केन्द्रिय सदस्य जेएन थपलिया, देवी ज्ञवाली लगायत सहभागी थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप