ट्राफिक नियन्त्रण १४५ औं समूहको तालिम सञ्चालन
बिहीबार, ३० भदौ २०७९, १२ : ३२

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा १४५ औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले सोही कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच उक्त तालिमको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दल राम टमटाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ३ जना, प्रहरी सहायक हवल्दार १८ जना र प्रहरी जवान ४२ जना गरी कुल ६३ जना प्रशिक्षार्थीहरु सहभागी रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध
-
१० बजे १० समाचार : मधेसमा कमिसनको चक्कर, भाटभटेनी लुटपाट गर्नेहरू छुट्दै
-
गरिब, विपन्न नागरिकलाई निःशुल्क खानेपानीको सुनिश्चित गर्ने दिशामा सरकारले काम गर्यो : मन्त्री यादव
-
‘गाउँमै अस्पताल, सबै नागरिकको स्वास्थ्य बीमा’
-
चट्याङ लागेर खाजा खाँदै गरेका दुई जना घाइते