पुटिन र गुटरेसबीच फोनवार्ता, खाद्यान्न निकासीका विषयमा छलफल
संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको छ । सो वार्तामा खासगरी खाद्यान्नको निकासीका विषयमा कुराकानी भएको क्रेमलिनले जनाएको छ ।
ब्ल्याक सि बन्दरगाहको बाटो भएर युक्रेनी खाद्यान्न निकासी गर्ने विषयमा उहाँहरुका बीचमा कुराकानी भएको बताइएको छ । त्यसैगरी रसियाली खाद्यान्न तथा रासायनिक मलको निकासीका विषयमा पनि सो फोनमा कुराकानी भएको बताइएको छ ।
त्यस अवसरमा महासचिव गुटरेस र रुसी राष्ट्रपति पुटिनका बीचका रुस युक्रेन पछिल्लो अवस्थाका बारेमा पनि कुराकानी भएको बताइएको छ । त्यस अवसरमा रुसी राष्ट्रपति पुटिनले रुसी कृषि उपजका साथै रुसी विकासी मल र खाद्यान्न आदिको विदेशी बजारमा आपूर्तिका लागि सहज वातावरण निर्माण गरिदिन आग्रह गरेका थिए ।
यसका लागि आफूले सक्दो प्रयास गर्ने र रुसी खाद्यान्न तथा रासायनिक मल विश्व बजारमा निर्यातका लागि आफूले सहजीकरण गर्ने महासचिव गुटरेसले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थ समितिको छलफलमा बोलाइएका विज्ञहरूमाथि नै प्रश्न
-
'वामदेव गौतम एकीकृत समाजवादीमा प्रदेश गर्न सकारात्मक'
-
नागरिक लगानी कोष र आईएमईबिच सेयर प्रत्याभूति सम्झौता
-
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन, कार्यविभाजन २ दिनपछि
-
विद्या भण्डारीको प्रमुख आतिथ्यमा फेवा संवाद हुने
-
भक्तपुरमा मदिरा सेवन गरेर युवकमाथि कुटपिट, ६ जना पक्राउ