सिरियामा सहयोग गर्न संयुक्त राष्ट्रसङ्घीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सिरियाका लागि सहयोग गर्न आग्रह गरेका छन् । सिरियाका लागि मानवीय सहायता आवश्यक रहेकाले त्यसका लागि आवश्यक सहयोग गर्न आग्रह गरे ।
बुधबार उनले सिरियाका नागरिकलाई जीविकाका लागि नै सहयोग गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक सहयोग रकम उपलब्ध गराउन माग गरे । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदमा बुधबार महासचिव गुटरेसले विश्व समुदायलाई नै सो आग्रह गरेको समाचारमा जनाइएको छ ।
उनले सिरियाली नागरिकको जीवन बचाउने योजनाका लागि संयुक्त राष्ट्रसङ्घले केही कार्यक्रमहरु बनाएको र त्यसका लागि यस वर्षमात्र कम्तीमा पनि चार करोड ४० लाख अमेरिकी डलर रकम चाहिएको बताए ।
सो रकम सिरियाली नागरिकको जीवन बचाउनका लागि अत्यावश्यक पर्ने मानवीय सहायताका लागि मात्र आवश्यक रहेको उनले जानकारी दिए । साथै उनले यसबाहेक पनि सिरियामा बाहिरबाट आएका शरणार्थी तथा सिरियाबाट भागेर बाहिरिएका शरणार्थीहरुका लागि पनि थप ६.१ मिलियन डलर आवश्यक रहेको बताए ।
यो सबै गरेर सन् २०२२ का लागि मात्र सिरियाका लागि एक करोड ५० अमेरिकी डलर आवश्यक रहेको जानकारी दिए । विगत लामो समयदेखिको आन्तरिक विद्रोह तथा यहाँ परेको खडेरी आदि कारणले गर्दा सिरियाको आर्थिक अवस्था निकै नाजुक रहेको र यहाँका बालबालिका समेत कुपोषणको शिकार हुदै गएका बताउँदै उनले यस्तो अवस्थामा सिरियाका लागि विशेषतः मानवीय सहायता चाहिएको पनि सो बैठकमा जनाए ।