सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय

धनुषामा हत्या गरेर भागेका आरोपी कतारबाट पक्राउ

बिहीबार, ३० भदौ २०७९, ११ : ३८
बिहीबार, ३० भदौ २०७९

धनुषामा हत्या गरेर भागेका आरोपीलाई प्रहरीले कतारबाट पक्राउ गरेर नेपाल ल्याएको छ । धनुषा घर भएका राजिवकुमार मण्डललाई इन्टरपोलको सहयोगमा कतारबाट नेपाल ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी प्रदिप क्षेत्रीले रातोपाटीलाई बताए ।

मण्डलसहित २ जनाले कुटपिट गर्दा गम्भीर घाइते भएका धनुषाका एकजनाको काठमाडौंमा मृत्यु भएको थियो । कुटपिटको क्रममा उनीहरुले धारिलो हतियार प्रयोग गरेको प्रहरीको भनाइ छ । हत्यापछि फरार भएका मण्डलविरुद्ध प्रहरीले इन्टरपोलमा रेड कर्नर नोटिस जारी गरेको थियो । सो नोटिशको आधारमा कतार प्रहरीले मण्डललाई पक्राउ गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप