एक महिनापछि खुल्यो चिनियाँ नाका, रसुवागढीबाट आजदेखि आयात सुरू

भदौयता बन्द भएका २ वटा चिनियाँ नाका सञ्चालनमा आएका छन् । चीन सरकारले तिब्बतमा कोरोना भाइरसको प्रकोप बढेको भन्दै भदौ पहिलो सातादेखि नाका बन्द गरेको थियो । नाका बन्द गरेको १ महिनापछि आजदेखि रसुवागढी नाकाबाट चीनले कन्टेनर छाड्ने लागेको हो ।
रसुवागढी भन्सार नाकाका प्रमुख रामप्रसाद मैनालीले चीनले आजदेखि सामान छाड्न लागेको जानकारी दिए । उनले भने, ‘चीनले आजदेखि रसुवागढी नाकाबाट सामानहरू छाड्दैछ । तर, के–के आउँदैछ भनेर हामीलाई जानकारी छैन ।’ आज नाकाबाट १० वटा कन्टेनर नेपाल भित्रिन सक्ने मैनालीले बताए ।
यस्तै, तातोपानी भन्सार नाकाबाट भने यही साताको शनिबारदेखि नै आंशिकरूपमा सामान भित्रिन थालेको थियो । शनिबार यता अहिलेसम्म १५ वटा कन्टेनर सामान भित्रिएको भन्सार कार्यालयका पूर्व प्रमुख नारद गौतमले बताए ।
नेपालको ४ दिने भ्रमणमा आएका चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुसँगको भेटमा नेपालका सबैजसो नेताले नाकाको अवरोध हटाउन अनुरोध गरेका थिए । सबै नेताले नाकाको अवरोध हटाउन अनुरोध गरेपछि चीनले नाकाबाट सामान पठाउन सुरू गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसमाथि साइबर आक्रमण रोक्न ट्रम्पको आदेश
-
बेलायती राजा चार्ल्सलाई भेट्दैछन् जस्टिन ट्रुडो
-
ऊर्जा क्षेत्रको विकास नै समृद्ध नेपालको एकमात्र विकल्प
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघद्वारा आन्दोलनको घोषणा
-
कसरी हुन्छ त्रिभुवन विश्वविद्यालयको सुधार ?
-
छावाले तोड्यो जवानसहित यी १० फिल्मको रेकर्ड