४ दिनमा १४ सयले घट्यो सुनको मूल्य
बिहीबार, ३० भदौ २०७९, ११ : १९
नेपाली बजारमा लगातार चौथो दिन सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तोक्दै लगातार चार दिनसम्म मूल्य घटेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ छ । साताको आइतबार तोलामा ९३ हजार ९०० रुपैयाँ रहेको सुनको मूल्य त्यसयता १४ सय रुपैयाँ घटिसकेको छ ।
सोमबार तोलामा ३००, मंगलबार १००, बुधबार ७०० र आज विहीबार ३०० रुपैयाँ रुपैयाँले घटेको हो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दै ११ सय ८० रुपैयाँ पुगेको जनाएको छ । हिजो बुधबार चाँदीको भाउ तोलामा ११ सय ७५ रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या