शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्मारिकालाई पुष्प भन्दैछन्– ‘हेल्लो हाई डार्लिङ’

बिहीबार, ३० भदौ २०७९, १० : ५९
बिहीबार, ३० भदौ २०७९

गायक बुद्धिमान विश्व र गायिका मिलन नेवारको स्वर रहेको गीत ‘हेल्लो हाई डार्लिङ’ सार्वजनिक भएको छ । राजन पोखरेलको शब्द तथा निरोज लामाको संगीत र एरेन्ज रहेको गीतको भिडियोमा पुष्प खड्का र स्मारिका ढकाल फिचर्ड छन् । 

डान्सिङ गीतको भिडियोमा पुष्प र स्मारिकाको प्रेमभावलाई प्रस्तुत गरिएको छ । यी दुईले नृत्यसँगै मायामा परेको जोडीको भावलाई गीत मार्फत प्रस्तुत गरेका छन् । ‘गीतमा प्रेममा भित्रिएको प्रविधिलाई पनि जोडेका छौँ । गीत अनुसार नै भिडियो तयार भएको छ’ गायक बुद्धिमानले भने । 

सार्वजनिक गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । उनले गीतमा पुष्प र स्मारिकालाई राम्रै नृत्य गराएका छन् । ‘गीतमा प्रेम व्यक्त गरिएको छ । साथै प्रविधिलाई पनि जोडेअनुसार नै भिडियोमा प्रस्तुत गरेको छु’ उनले भने । गीतलाई कल्पना तामाङले निर्माण गरेकी हुन् । यसमा बुद्ध लामाको छायांकन, निम बाबु तामाङको कोरियोग्राफी, विकास धमलाको सम्पादन, विनिता कठायतको स्टाइलिङ रहेको छ । भिडियोको प्रोडक्सन म्यानेजर सुदीप ढकाल रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप