ईभिसा शुल्कको सटही सुविधा कार्डबाटै लिन पाइने
ईभिसा प्रणालीबाट आवेदन लिने व्यवस्था गरेका देशको लागि नेपालमा सो कार्य गर्ने जिम्मेवारी पाएका संस्थाले विद्युतीय डिजिटल कार्डमार्फत नै सटही सुविधा लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै ईभिसा आवेदन लिने व्यवस्था गरेका देशले सो कार्य गर्न नेपालस्थित अन्य संस्थालाई तोकेमा त्यस्ता तोकिएका संस्था मार्फत भिसा बापत संकलित रकमको लागि बैंक तथा वित्तीय संस्थाबाट जारी विद्युतीय डिजिटल कार्डमार्फत सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था मिलाउन भनेको छ ।
यसको लागि राष्ट्र बैंकले केही शर्तहरु पनि तोकेको छ । भिसा शुल्कवापत संकलित रकम त्यस्तो कार्डबाट भुक्तानी गरी सिधै विदेशी मुलुकका सरकारी निकायको तोकिएका परिवत्र्य विदेशी मुद्राको खाता वा सम्बन्धित देशको नेपालस्थित दुतावास, नियोगको तोकिएको परिवत्र्य विदेशी मुद्राको खातामा जम्मा गर्नुपर्ने भनिएको छ । सोका लागि भुक्तानीको व्यवस्था स्पष्ट रुपमा खुल्ने सम्बन्धित देश वा नेपालस्थित दुतावास वा नियोगको पत्र आवश्यक पर्ने राष्ट्र बैंकको भनाई छ ।
यस्तो कार्डबाट अन्य कुनै पनि प्रयोजनको लागि भुक्तानी नहुने व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकको भनाई छ । यस्तै, यस्तो कार्डको म्याद ईभिसा प्रोसेसिङ सम्बन्धी कार्य गर्नको लागि तोकिएको अवधिभन्दा बढी नहुने व्यवस्था गर्नुपर्ने, कार्डबाट एकै पटक वा पटक पटक गरी भुक्तानी हुन सक्ने र भुक्तानी सम्बन्धी सीमा लागू नुहने, कार्ड जारी गर्न लिंक गरिएको नेपाली रुपैयाँ खाताको मौज्दात र कार्डबाट भुक्तानी भएको रकमको विवरण दैनिक रुपमा हिसाव मिलाउन हुनुपर्ने तथा वैदेशिक रोजगारीमा जाने नेपालको ईभिसा प्रोसेसिङको भीसा शुल्क भुक्तानी गर्दा नेपाल सरकार र सम्बन्धित देशबीच भएको सम्झौतामा उल्लेखित भिसा सम्वन्धी सम्पूर्ण व्यवस्थाको पालना हुनुपर्ने राष्ट्र बैंकको शर्त छ । ईभिसा शुल्क तिर्नको लागि डलर कार्ड पनि प्रयोग गर्न सक्ने र यस्तो कार्ड प्रयोग गर्दा भने प्रतिव्यक्ति वार्षिक ५ सय अमेरिकी डलरको सीमा भने लागू हुने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा